८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लकडाउनको मौका छोपेर सुनचाँदी पसलमा चोरी



दाङ ।
लकडाउन आह्वान भएको चौथो दिन शुक्रबार मध्यरातमा तुलसीपुरको सुनचाँदी पसलबाट झण्डै ३ लाखभन्दा बढी मूल्य बराबरको सुनचाँदीका गरगहना चोरी भएको छ ।

टीका सुनचाँदी पसल तुलसीपुरबाट शुक्रबार बिहान साढे १ बजे सडक छेउको शटरको ताला फोडेर गरगहना चोरी भएको प्रहरीले जनाएको छ । सीसी क्यामरामा एक जना सेतो खैरो रङको ज्याकेट लगाएर ताला फोडेर भित्र गएको देखिएको छ ।

पसलबाट चाँदी, चार आनाको पञ्चरत्ने बाला, कालीगढको सन्दुकमा राखिएको १२ आनाको तिलहरी बनाउने सुन, १० तोला चाँदीको बिछीया र केही नगद चोरी भएको छ ।

बिहान पसलको अवस्था हेर्दा शटरको ताला फोडेको देखेपछि प्रहरीलाई खबर गरेको सुनचाँदी व्यवसायी तुलसीराम सुनारले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  १ : ०७ बजे