८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘लक डाउन’को पाँचौं दिनः स्थानीय सरकारका कार्यालय प्रमुख फिल्डमै, रावत भने दुःखमा



मायादेवी अनलाइन, चारनम्बर ।
सरकार मुलुकलाई ‘लक डाउन’ गरेर कोरोना भाइरस विरुद्धको संक्रमण रोक्ने प्रयासमा जुटिरहेको छ । केन्द्र सरकारले गरेको यो कदमको स्थानीय र प्रदेश सरकारले साथ दिएका छन । यो बेला ‘लक डाउन’ गरेर कोरोना भाइरस विरुद्ध लड्नुपर्ने नितान्त आवश्यकताको विषय हो । तर, यसैको मौका छोपेर कालोबजारी गरी कृत्रिम अभाव सिर्जना गराएर अत्यावश्यकीय सामग्री लुकाएका घटना सार्वजनिक भैरहेका छन ।
कपिलवस्तुका विभिन्न बजारमा ग्यास, खाद्यान्न लगायतका सामग्रीको अभाव भएको नागरिकको गुनासो छ । यस्तो बेला घर आँगनको सरकारका रुपमा रहेको स्थानीय सरकारका कार्यालय प्रमुख कहाँ के गर्दैछन् ? मायादेवी अनलाइनले सम्पर्कमा आएका केही कार्यालय प्रमुखको अवस्था बुज्ने प्रयास गरेको छ ।


शेषकान्त पौडेल–शिवराज नगरपालिका
शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल अहिले फिल्डमै हुनुहुन्छ । नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीसंगै पौडेल बेला बेला फिल्डमा गएर नागरिकको अवस्था बुज्ने प्रयास गरिरहनुभएको छ । ‘सरकारले कार्यालय प्रमुखलाई घर नबस्न भनेको छ । ‘यो बेला जुनसुकै काम गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो’,–“दिनभर नागरिकको अवस्था बुझ्न मै समय बित्छ ।”
विहान कार्यालयमा आएर जरुरी काम गर्ने र स्वास्थ्यकर्मीलाई आवश्यक रुपमा सघाउने काम आफुले गरिरहेको उहाँले सुनाउनुभयो । चन्द्रौटामा नगरपालिकाले १४ बेडको क्वारेनटाइन बनाएको छ । त्यहाँ ९ जना व्यक्ति रहेका छन । बैदेशिक रोजगारबाट फर्किएका ती व्यक्तिको खानपिन, स्वास्थ्य जाँच र नियमित सरसफाईमा ध्यान दिनमा आफ्नो समय वित्ने गरेको उहाँले सुनाउनुभयो । दुई÷दुई जना स्वास्थ्यकर्मीलाई यी व्यक्तिको सुरक्षार्थ खटाएको र आफुले पनि बेला बेला अनुगमन गर्ने गरेको उहाँले बताउनुभयो । जुनसुकै बेला नगरभित्र कोरोना संक्रमित भेटिन सक्ने भन्दै त्यस्ता विरामीलाई सम्पर्कमा ल्याउनका लागि विभिन्न प्रयास गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी बाहेकलाई भने विदा दिइसकेको उहाँको भनाई छ । कोरोना संक्रमणबाट बच्नका लागि आफु सजग भने रहेको उहाँले बताउनुभयो ।


चुरामणी पन्थी–वाणगंगा नगरपालिका
वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी पनि दैनिक कार्यलयमा व्यस्त देखिनुहुन्छ । नगरका सबै कर्मचारीलाई विदा दिएपनि आफु कार्यालयकै काममा व्यस्त रहेको उहाँले बताउनुभयो । ‘मुलुक ‘लक डाउन’ भएपनि कार्यालय प्रमुखको विदा छैन्, म रातदिन कार्यालयको काममै छु, पन्थीले मायादेवीसंग भन्नुभयो’,–स्वास्थ्यकर्मी साथीहरु पनि यसै गरी काममा खटिरहनुभएको छ, अरु साथीलाई विदा दिएका छौं ।”
बजारमा यो बेला हुन सक्ने कालोबजारीबारे पनि आफुहरुले अनुगमन गर्दै आएको उहाँले बताउनुभयो । दैनिक आत्यावश्यकीय सामग्रीको कालोबजारी नगर्न उहाँले सम्पूर्ण व्यवसायीलाई आग्रह गर्नुभएको छ । यदि कालोबजारी गरेको भन्ने सुन्नमा आए कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।


लिलबहादुर क्षेत्री–बुद्धभूमि नगरपालिका
बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर रावत (क्षेत्री)लाई भने यो बेला पितृ शोक परेको छ । क्षेत्रीका बुवाको निधन भएपछि उहाँ अहिले दुःखमा हुनुहुन्छ । उहाँका पिताको चैत्र १२ गते बुधबार निधन भएको थियो । त्यसभन्दा अगाडी उहाँ फिल्डमै हुनुहुन्थ्यो । कोरोना भाइरसको नियन्त्रणमा जिल्लाका अरु स्थानीय तहभन्दा अगाडी देखिएको बुद्धभूमि अहिले पनि उत्तिकै तातिएको छ ।
गोरुसिंगेमा क्वारेनटाइन निर्माण देखि नगरभित्रका गरिब, विपन्न घरपरिवारलाई राहत वितरण गर्न अहिले बुद्धभूमिले लगत संकलन गरिरहेको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठको तदारुकतामा महत्वपूर्ण साथ दिँदै आउनुभएका क्षेत्री दुःखमा परेपछि कार्यालयको काममा केही समस्या भने देखिएको छ । तरपनि, नगरका स्वास्थ्यकर्मी रातदिन कोरोना भाइरस विरुद्धको लडाईको मैदान मै छन् ।
यता जिल्लाका अरु ७ स्थानीय सरकारका कार्यालय प्रमुख पनि कार्यालयमा व्यस्त देखिनुहुन्छ । कर्मचारी समायोजन पछि एक÷एक महिनामा कार्यालय प्रमुख फेरिदा नागरिकहरुसंग घुलमिल हुन गाह्रो भैरहेको छ । कपिलवस्तु नगरपालिका र महाराजगञ्ज नगरपालिकामा एक महिना अगाडी मात्र नयाँ हाकिम आउनुभएको छ । कृष्णनगर नगरपालिकामा नि.प्रमुख प्रशासकीय अधिकृतबाट कार्यालय सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  ११ : २५ बजे