८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी निर्मम, शनिबार विहानै १ सय ३० जना कारबाहीमा



काठमाडौं ।

कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ । लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो ।
जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भन्नुभयो ‘अब सबैले लकडाउन के हो ? कसको लागि भन्ने बुझिसक्नु भएको छ । एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन ।’

यता कपिलवस्तु प्रहरी पनि कर्फू उल्लङ्घन गर्ने विरुद्ध कडा ढंगबाट प्रस्तुत भएको छ । अनावश्यक रुपमा घर बाहिर निस्कनेलाई नछोड्ने प्रहरीको भनाई छ । उल्लङ्घन गर्नेलाई शुक्रबार प्रहरीले तौलिहवामा मुर्गा बनाएको थियो । यता बाणगंगामा पनि प्रहरीले कडाई गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  ११ : १५ बजे