मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसलाई फैलन नदिन कपिलस्तुमा तयारी तीब्र पारिएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिले जिल्लाका १० वटै पालिकासंग समन्वय गरी तयारी तीब्र पारेको जनाएको छ । क्वारेनटाइन, आइसुलेशन बेड संचालन, लक डाउनको कार्यान्वयन, बिदेशबाट फर्केकाहरुलाई निगरानी बढाउने लागतयका कार्य अघि बढाईएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । ‘हामीले कोरोना फैलन नदिन सचेतना लगायतका कार्य सहीत तयारी अवस्थामा रहेका छौ’ प्रजिअ पौडेलले भने ।
केरोना भए नभएको यकिन तथा आशंकामा परेका संक्रमितको उपचारका लागि कपिलवस्तुमा शुक्रवार साँझसम्ममा १ सय ७८ क्वारेनटाइन बेड सञ्चालनमा ल्याईएको छ । आशंकामा परेका संक्रमितको उपचारका लागि ८ बेडको आइसुलेशन समेत तयार गरिएको हो ।
कृष्णनगर नगरपालिकामा ७४, कपिलवस्तु नगरपालिकामा ११, बिजयनगर गाउँपालिकामा १६, शिवराज नगरपालिका १४ र महाराजगञ्ज नगरपालिकामा ३५ क्वारेनटाइन बेड निर्माण गरिएका छन् ।
यस्तै बाणगंगा नगरपालिकामा ४, बुद्धभूमि नगरपालिकामा ४, मायादेबी गाउँपालिकामा २०, यशोधरा गाउँपालिकामा ५ र शुद्धोदन गाउँपालिकामा ४ क्वारेनटाइन बेड तयार भएको छ ।
जिल्लाका ८ पालिकामा स्थापना गरिएका क्वारेनटाइनमा ४४ जना राखिएका छन । कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिकामा ९÷९ जना, कृष्णनगर नपामा ७, महाराजगंजमा ३, बिजयनगरमा ६, यशोधरामा ५, बुद्धभूमिमा एक, मायादेबीमा चार जना क्वारेनटाइनमा रहेका छन् । बाणगंगा नगरपालिका र शुद्धोधनमा एक जना पनि क्वारेनटाइनमा छैनन । कपिलवस्तु अस्पतालमा चार, बाणगंगाको पिपरा अस्पतालमा २ तथा शिवराज अस्पतालमा दुई बेड आईसुलेशन बेड तयारी अवस्थामा छन ।
१५ चैत्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया