काठमाण्डौँ ।
लकडाउनको पाँचौँ दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ । यो अवधिमा सागको मुल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको पनि मूल्य बढेको छ । स्याउनको मूल्य गत सातासम्म १ सय ५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सयबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ । बजारमा दैनिक उपभोगय वस्तुको मुलय अभाव भएका कारण मुल्य आकाशिएको हो । सरकारले यो प्रकोपको बेला उपभोक्तालाई सहजता दिने बताए पनि जनताले भने अनुभुति गर्न सकेका छैनन् ।
१५ चैत्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया