८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राष्ट्रिय महिला फुटबल टिमः दुई स्थान खस्कियो



काठमाडौं ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) वरीयतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९ औं स्थानमा पुगेको छ ।

अघि नेपाल ९७औं स्थानमा रहेको थियो । नेपालको महिला टोलीले एक हजार दुई सय अंक प्राप्त गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण विजेता भारत ५५औं स्थानमा रहेको छ । दुई स्थान सुधार गर्दै भारतले दक्षिण एसियाली वरीयतामा पहिलो स्थान हासिल गेको छ । भारत यसअघि पनि दक्षिण एसियामा पहिलो नम्बरमै थियो ।

यस्तै बंगलादेश एक सय ३४, श्रीलंका एक सय ४०, माल्दिभ्स एक सय ४२ र भुटान एक सय ५४औं स्थानमा छन् । पाकिस्तानले भने वरीयता पाउन सकेको छैन । विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड चौथो र स्वीडेन पाँचौं स्थानमा छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  ८ : १३ बजे