मायादेवी अनलाइन, तौलिहवा ।
विश्वभर कोरोना भाइरसको संत्रास फैलिरहदा कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ८ मा निशुल्क मास्क वितरण गरिएको छ ।
यशोधरा गाउँपालिका वडा नं. ८ का मटेरिया र बासखोर गाउँका प्रत्येक घरपरिवारलाई पुग्ने गरि ८ सय वटा मास्क निशुल्क वितरण गरिएको शम्भू शैनीले जानकारी दिनुभयो । वितरण गरिएका माक्स २२ रुपैयाँको दरले १७ हजार ६ सयका थिए ।
पत्रकार समेत रहनुभएको शैनीले यशोधरा गाउँपालिकाको गाउँ–गाउँमा कोरोना भाइरस विरुद्धको सचेतना अभिवृद्धि गर्दै समुदायलाई सुरक्षित रहन भन्दै माक्स वितरण गरेको बताउनुभयो । आफुले आफ्नो वडाका जनतालाई कोरोना भाइरस के हो र यो कसरी सर्छ बताउँदै ब्यक्तिगत लगानीमा माक्स बितरण गरेको बताउनुभयो ।
यो महामारी भाईरस रोगबाट बच्ने उपायबारे सचेतना गराउँदै घरदैलोमा मास्क बाडँ्दै हिडेको उहाँले बताउनुभयो । यो रोग बुढापाका, रोगी माथि छिट्टै आक्रमण गर्ने भएकोले त्यस्तो मानिसको घर दैलोमै पुगेर मास्क बितरण गरेको उहाँले जानकारी दिनुभयो । मास्क बितरण गर्दा एक ठाँउमा हुल भै जम्मा नभएको उहाँले बताउनुभयो ।
सर्वसाधारणलाई कोभिड–१९ (कोरोना भाइरस) को जोखिमबाट बचाउन निःशुल्क मास्क वितरण गरेको र नियमित साबुन पानीले हात धुन सुनिता शैनीले जनतालाई आग्रह गर्नु भयो । मानवीय सोच राखेर अझै बाँकी गाउँमा माक्स वितरणको लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
१४ चैत्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया