८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

(नेकपा)का जिल्ला अध्यक्ष भन्छनः विदेशबाट आएका अनिवार्य क्वारेनटाइनमा बस्नुपर्छ



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले भारत लगायत तेस्रो देशबाट नेपाल आएका व्यक्तिलाई अनिवार्य क्वारेनटाइनमा बस्न आग्रह गरेको छ ।
संसार कोरोना भाइरसले ग्रसित भैरहेको बेला नेपालमा यसको रोकथाम प्रभावकारी बनाउनुपर्ने भन्दै नेकपाले अनिवार्य क्वारेनटाइनमा बस्न आग्रह गरेको हो ।
विदेशबाट आउने व्यक्तिमा कोरोनाको जोखिम भएकाले सरकारले भनेको १४ दिन स्थानीय सरकारले बनाएको क्वारेनटाइनमा बस्न आग्रह गरिएको जिल्ला अध्यक्ष झविलाल पोख्रेलले मायादेवी रेडियोलाई बताउनुभयो ।
अध्यक्ष पोख्रेलले सबै जिल्लाबासीलाई आ-आफ्नो घरमा सुरक्षित बस्न पनि आग्रह गर्नुभएको छ । रोगको लक्षण देखिदा वित्तिकै नजिकको स्वास्थ्य चौकीमा गएर स्वास्थ्य चेकजाच गराउन अनुरोध गर्नुभयो ।
यो बेला विभिन्न सामाजिक संस्थाको सहयोग महत्वपूर्ण हुने भन्दै उहाँले यसमा सघाउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ७ : ३३ बजे