८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश ५ मा लकडाउन उल्लंघन गर्ने २ हजार बढी सवारी प्रहरीको नियन्त्रणमा



बुटवल ।
सरकारले घोषणा गरेको लक डाउनयता प्रदेश ५ का १२ जिल्लामध्ये १० जिल्लामा २ हजार भन्दा बढी सवारी साधन प्रहरीको नियन्त्रणमा परेका छन । प्रदेश ५ प्रहरी कार्यालय दाङ्ख तुल्सीपुका प्रमुख डिआईजी नरबहादुर केसीले दिएको जानकारीअनुसार प्रदेशका दुई जिल्ला पूर्वी रुकुम र रोल्पामा एउटा पनि सवारी साधन प्रहरी नियन्त्रणमा लिइएको छैन । बाँकी १० जिल्लामा सानाठुला गरि २ हजार १ सय ४० वटा सवारी साधन प्रहरी नियन्त्रणमा परेका छन । त्यसमध्ये ९ सय ९३ वटालाई छाडिएको छ । नियन्त्रणमा मोटरसाईकल र साना गाडीहरु बढी लिइएका छन ।
बढि सवारी साधन दाङ्खको प्रहरीले नियन्त्रणमा लिएको छ । डिआईजी केसी केसीकाअनुसार रुपन्देहीमा ५ सय ३८ सवारी साधन नियन्त्रणमा लिइएकोमा ३ सय ८८ वटा छाडिएका छन । नवलपरासीमा १ सय २४ सवारी साधन नियन्त्रणमा लिएकोमा ६५ वटा छाडिएको छ । कपिलवस्तुमा २ सय ८८ वटा नियन्त्रणमा लिइएकोमा २ सय २२ वटा छाडिएको छ । दाङमा ७ सय ३३ वटा सवारी साधन नियन्त्रणमा लिइएकोमा १८ वटा मात्रै छाडिएको छ । बाँकेमा ७७ वटा नियन्त्रणमा लिइएकोमा एउटा पनि छाडिएको छैन् । वर्दियामा १ सय १६ वटा नियन्त्रणमा लिइएकोमा ६० वटा छाडिएका छन । पाल्पामा ६८ वटा नियन्त्रणमा लिइएकोमा ५२ वटा छाडिएको छ । गुल्मीमा ४२ वटा नियन्त्रणमा लिइएकोमा जम्मा ६ वटा मोटरसाईल मात्रै ३५ सय राजश्व असुल गरेर छाडिएको छ । अर्घाखाँचीमा १२ वटा नियन्त्रणमा लिइएकोमा ८ वटा छाडिएको छ ।
युठानमा १ सय ६६ नियन्त्रणमा लिइएकोमा १ सय ५७ वटा छाडिएको छ । अर्घाखाँचीले पनि चार वटा सवारी साधनबाट ३५ सय सहित कूल ७ हजार राजश्व संकलन गरेको जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ६ : ०० बजे