बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न बाँडेको छ ।
लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न बाँड्न सुरु गरेको हो । शुक्रबार नगरपालिकाले वडा नम्बर ४ र ५ मा विपन्न परिवारलाई १० केजी चामल, दुई केजी दाल र एक केजी नुन वितरण गरेको हो ।
शुक्रबार करिब एक सय विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । विपन्न परिवारलाई १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्याइदिने नगरपालिकाको निर्णय छ ।
१४ चैत्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया