मायादेवी अनलाइन, वाणगंगा ।
नेपालमा कोरोना भाइरस संक्रमणका विरामी देखिएपछि कपिलवस्तुका सांसद विष्णु पन्थीको सकृयता बढेको छ । उहाँले जोखिममा रहेका व्यक्तिको उपचार देखि प्रदेश नं. ५ मै कोरोना भाइरसको परिक्षण ल्याव संचालन गर्न ढिलाई भइरहेको बताउनु भयो । उहाँले नेपालगञ्ज र बुटवल गरी २ ठाउँमा तत्काल कोरोना भाइरसको परिक्षणको व्यवस्था र उपचार गर्नुपर्ने माग राख्दै आउनुभएको छ ।
पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) अभाव भइरहँदा प्रदेश सांसद पन्थीले तत्कालका लागि आवश्यक व्यवस्था गर्नुभएको छ । सांसद पन्थीले २ वटा अस्पतालका स्वास्थ्यकर्मीलाई १० थान पिपिई हस्तान्तरण गर्नुभएको छ । पिपरा अस्पताललाई ६ थान र सामुदायिक अस्पताल चारनम्बरलाई ४ थान वितरण गरिएको हो ।
पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालमा खटिएका स्वास्थ्यकर्मीको लागि पिपिईको व्यवस्था गरिएको प्रदेश सांसद विष्णु पन्थीले जानकारी दिनुभयो । देशभर पिपिईको अभाव भइरहँदा आफ्नो निर्वाचन क्षेत्रका खटिएका अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षित तवरले परिक्षणका लागि पिपिई प्रदान गरिएको हो ।
पिपरा अस्पतालकी डा.रञ्जिता महतोले पिपिई ग्रहण गर्दै पिपिईले स्वास्थ्यकर्मीलाई कोरोना सम्भावित विरामीको जाँचमा सुरक्षित हुने बताउनुभयो । त्यस्तै कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेनले ४ थान पिपिई ग्रहण गर्दै अस्पतालले कोरोना संक्रमित विरामीको जाँचमा सहजता आउने बताउनुभयो ।
केही दिनमै प्रदेश सांसद पन्थीले अस्पतालका लागि ज्वरो नाप्ने गन, सेनिटाइजर र माक्सको पर्याप्त व्यवस्था गर्ने जानकारी दिनुभयो ।
१४ चैत्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया