८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आर्सनल प्रशिक्षक अर्टेटाको सुनाए कोरोना संक्रमण हुँदाको अनुभव



एजेन्सी ।
प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक अर्टेटाले कोरोना संक्रमण हुँदाको आफ्नो तीतो अनुभव सुनाएका छन् ।

हाल अर्टेटाले आफू पूर्ण रूपमा ठीक भइसकेको पनि बताएका छन् । अर्टेटालाई मार्च १३ मा कोरोनाको संक्रमण देखिएको थियो । त्यसपछि उनी एक साताअघि मात्र अस्पतालबाट घर फर्किएका थिए ।

“म पूर्ण रुपमा निको भएको अहिले अनुभव भएको छ । यो साँचो हो । “म पूर्ण रूपमा स्वस्थ भएको महसुस गरिरहेछ,” उनले क्लबको वेबसाइटलाई भने, “यो सत्य हो कि मलाई केही लक्षणहरू हुन थाल्यो, जब हामीलाई क्लबबाट फोन आयो । हामीले ओलम्पियाका मालिसँग भेट हुँदा भाइरको संक्रमण हुन सक्छ भन्ने । त्यो क्षणमा मैले चेक गराएँ अनुमान सही निक्ल्यो ।”

अर्टेटा अहिले पूर्ण रुपमा क्लबको सम्पर्कमा छन् । “मैले संक्रमणको लक्षण देख्नेबित्तिकै डक्टरलाई फोन गरें । उनलाई मेरो घरसम्म आउन अग्रह गरे । त्यसपछि मैले संक्रमणको कुरा क्लबमा सुनाए,” अर्टेटाले भने ।

आर्सनलका प्रशिक्षक अर्टेटा अहिले क्लबका महत्त्वपूर्ण व्यक्तिका रूपमा छन् । उनलाई क्लबले लामो समयसम्म प्रशिक्षकको भूमिकामा राख्ने विश्वास पनि लिएको छ ।

“लक्षणहरूको हिसाबले यो मेरो लागि सामान्य भाइरस थियो । मलाई तीन वा चार दिन थोरै गाह्रो भएको थियो, थोरै तापक्रम र सुख्खा खान्की र मेरो छातीमा अस्वस्थता । त्यो थियो,” अर्टेटाले सुनाए ।

“मलाई गाह्रो यो हिसावले भयो कि मसँग घरमा मान्छे छन्, तीन बच्चाहरू पनि छन् र म उनीहरुलाई सम्झेर चिन्तित थिए । भगवानलाई धन्यवाद, बच्चाहरूले त्यो पाएनन् । हामी सबै अब पूर्ण रूपमा ठीक छौं,” अर्टेटाले भने ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ४ : २८ बजे