८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा बालिका बलात्कृत, पीडकलाई गाउँलेले भगाएको आरोप



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको मायादेबी गाउँपालिका–४ गौरामा बिहीबार राति १३ बर्षीया एक बालिका बलात्कृत भएकी छन् । उनलाई छिमकीमा रहेका एक युवाले जवरजस्ती करणी गरेको पीडित बालिकाको परिवारको आरोप छ ।
१० बजे घर अगाडीको धारामा पानी भर्ने क्रममा छिमेकी २५ बर्षीय एजाज मुसलमानले आफ्नो छोरीलाई बलात्कार गरेको पीडितकी आमाले आरोप लगाइन् । बालिकालाई मुख थुनेर पीडितकै घर पछाडी लगेर बलात्कार गरेका थिए । स्थानीय हृदयराम यादवका अनुसार बलात्कार गरेको अवस्थामा अर्का छिमेकीले देखेपछि बालिकाको उद्धार गरेका थिए । बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल ल्याइएको छ ।
पीडक युवालाई प्रहरीको जिम्मा लगाउने भनेपनि परिवारले जवरजस्ती गाउँलेबाट खोसेर भगाएको यादवले बताए । पीडित बालिकाले आफूलाई मुखमा कपडा कोचेर जवरजस्ती गरेको बताइन् । पीडित बालिकाको घरमा आमा मात्र रहेको बाबु रोजगारीको क्रममा भारतमा छन् । प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बालिका बलात्कृत भएको विषयमा जानकारी आएको बताए । उनले पीडित बालिकाको परिवार र गाउँलेहरु प्रहरी कार्यालमया आएको बताए ।
सो विषयमा प्रहरीले अनुसान जारी राखेको उनले बताए । गाउँलेहरु पीडित बालिकासहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । इलाका प्रहरी कार्यालय पकडीले घटनाबारे चासो नदेखाएको आरोप लगाउदै उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । बलात्कृत बालिकाको घाउँ जाँच तथा उपचार भइरहेको छ ।
त्यसपछि घटना दर्ता प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक मल्लले घटनामा आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ३ : ५३ बजे