एजेन्सी ।
कोरोना भाइरसको संक्रमण रोक्न चीनले विदेशीहरूलाई आफ्नो देशमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयले बिहीबार अबेर विज्ञप्ति जारी गर्दै शुक्रबार मध्यरातदेखि लागू हुने गरी विदेशीको प्रवेशमा प्रतिबन्ध लगाएको हो । यसअघि नै जारी भइसकेका चीन प्रवेशाज्ञाहरूलाई रद्द गरिएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उदगम थलो चीनको वुहानमा उक्त भाइरसको संक्रमण लगभग नियन्त्रमा आए पनि पछिल्लो समय युरोप र अमेरिकामा यसको प्रकोप बढिरहेको छ ।
१४ चैत्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया