८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

यो कस्तो मृत्यु ! आफन्तले थाहै पाउँदैनन्, लास उठाउन कोही मान्दैनन्



मिलान ।

कोरोना भाइरसका कारण आफ्ना करिब ८ हजार नागरिक गुमाइसकेको इटाली यतिबेला लकडाउनमा छ । यहाँको जनजीवन निकै कष्टपूर्ण बनेको छ । सरकारले आफ्ना नागरिकलाई नयाँ व्यवस्था र नियमहरू पालना गर्न आग्रह गरेको छ । जसले सरकारको यस्तो आग्रह मानिरहेका छैनन्, त्यस्ता मानिसलाई कोरोनाले गाँजेको छ ।
अहिले आफ्नो घरबाट २ सय मिटरभन्दा पर भेटिने जो कोहीलाई प्रहरीले रोकेर बाहिर निस्कनुको कारण सोधिरहेको छ । विनाकाम डुलेको पाइए तीन हजार यूरोसम्म जरिमाना लगाइन्छ । हजारौंको ज्यान लिइसकेको कोरोना भाइरसको डर र कानुनी बन्देज मानिसहरूलाई घरमा सीमित राख्न काफी छ ।

मिलानको अवस्था
मिलानमा बिहानै कोही पनि मर्निङ वाःकमा निस्किरहेका छैनन्, न त साँझमा साथीसँग भेट्न वा घुम्न नै गइरहेका छन् । सडकहरू शून्य छन् । अत्यावश्यक खाद्य पदार्थ अथवा परिवारका लागि नभइ नहुने चिज लिनका लागि मात्र मानिसहरू बाहिर निस्कन्छन् । डिपार्टमेन्टल स्टोरमा दुईदेखि पाँच जनालाई मात्र एक पटकमा प्रवेश गर्न दिइन्छ ।ऋयचयलबखष्चगक क्तबििक ःष्बिल, क्ष्तबथिुक भ्अयलयmष्अ भ्लनष्लभ ( त्जभ ल्भध थ्यचप त्ष्mभकतपाईं र तपाईंका परिवारलाई जीवित रहनका लागि के(के कुराको आवश्यकता हुन सक्छ, सुनसान स्टोरमा सपिङ गरिरहेको समयमा यो कुरा तय गर्नु एक खालको परीक्षा जस्तै हो ।

संक्रमणबाट बचाउनका लागि सरकारले आफ्ना नागरिकलाई आफ्नो घरभन्दा २ सय मिटरभित्र रहेका पसलबाटै आवश्यक सामान खरिद गर्न अनुमति दिएको छ । तर, त्यो दूरीभन्दा टाढा गएमा ठूलो जरिमाना तिर्नुपर्ने हुन सक्छ । दिनमा कैयौँ पटक लाउडस्पीकरमा प्रहरीले घर बाहिर घुमिरहेकाहरूलाई तत्कालै घरभित्र गएर बस्न निर्देशन दिइरहेको देख्न सकिन्छ ।

अफिस गइरहेको भए लिखित कागज
विपत्तिमा पनि जसलाई काममा जान जरुरी हुन्छ, त्यस्ता व्यक्तिका लागि सरकारी अधिकारीले विशेष पास जारी गर्ने गरेका छन् । यस्तो पासमा व्यक्ति, उसको कामको जानकारी, आवागमनको समय, कारण र सडक जस्ता सूचना खुलाइएको हुन्छ । यस्तो गर्नुको पछाडिको कारण भनेको कुनै पनि व्यक्ति काममा आउजाउ गरिरहेको समय विना कारण अन्त कतै नजाउन् भन्नु नै हो । सानोतिनो कामका लागि पनि बाहिर निस्कनु पर्दा जो कोहीले आफ्नो साथमा पहिचान र ठेगानाको कागजात राख्नुपर्ने हुन्छ ।

चार प्रकारका पसल खुला
संक्रमणको बढ्दो आँकडाका साथ हर तीन दिनमा देशको हालत पूर्णरूपमा परिवर्तन भइरहेको छ । यद्यपि, मानिसहरूले खाने–पिउने सामानको चिन्ता भने गर्नुपरेको छैन । यस्ता पसलहरू खुलै हुन्छन् । दबाइ र चुरोटका पसल वा अखबारका स्टल खुलै हुन्छन् ।

विना कर्मकान्ड गाडिँदैछन् शव
मृतकहरूको अन्तिम संस्कार कार्यक्रममा रोक लगाइएको छ । परम्पराअनुसार चर्च वा पादरीकहाँ नलगी शवलाई गाडिँदैछ । यस क्रममा एक वा दुई परिवारजन मात्र हुन्छन् ।

शव गाड्ने एजेन्सीले पनि शव लिनका लागि अस्वीकार गरिरहेका छन् । यही कारण कोरोना भाइरसका कारण मृत्यु भएकी ४७ वर्षीया टेरेसा फ्रान्जेको शव ३६ घण्टासम्म घरमै राखियो । उनका भाइ लुकाले सामाजिक सञ्जालमा भावुक निवेदन गरेका छन्, त्यसपछि अन्तिम संस्कार हुन सक्यो । पाँच लाख जनसंख्या रहेको बरगामो शहरका मेयर जिर्योजियो गोरीले दोस्रो विश्वयुद्धपछि पहिलो पटक यहाँको ऐतिहासिक चिहान बन्द गर्ने आदेश दिएका छन् ।

अखबारमा १०–१० पेजको श्रद्धाञ्जली
श्रद्धाञ्जली सन्देशले नै अखबारका १०–१० पाना ओगटी रहेको छ । यस्तो सन्देश प्रकाशित गर्न यस कारण पनि जरुरी भइरहेको छ कि अन्तिम संस्कार आयोजना नहुँदा कतिपय अवस्थामा मृतकका आफन्त वा चिनजानका मानिसले सूचना नपाएका हुन सक्छन् ।

नागरिक भन्दैछन्, ‘सरकारले ढिला गर्‍यो’

सरकारले लकडाउन गर्न ढिला गरेको गुनासो इटालीका नागरिकले गरिरहेका छन् । सरकारले पहिले स्कुलहरू बन्द गर्न प्रतिक्षा गर्‍यो । त्यसपछि आंशिक लकडाउन सुरू गरियो । केही साना क्षेत्र वा गतिविधि बन्द गरियो तर पर्यटनको नाममा रेस्टुरेन्ट, कफी सप र पब चलाउन दिइयो । मानिसहरूको आउजाउ भइ नै रह्यो, भाइरस फैलिँदै गयो । जब पूरा देश लकडाउन भयो तबसम्म ढिला भइसकेको थियो । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  १ : १८ बजे