८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘लकडाउन’ मा एन आई सी एसियाको आपत्कालिन सेवा, कपिलवस्तुमा कसलाई सम्पर्क गर्ने ?



मायादेवी अनलाइन, चार नम्बर ।
एन आइसी एसिया बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभरी नै लकडाउन गरेपछि बैङ्कले ग्राहकको सुविधालाई मध्येनजर गर्दै ग्राहक सहायता केन्द्र स्थापना गरेको हो । अब यो केन्द्रबाट टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र संबोधन गर्ने गरी काम हुने बैंकका प्रदेश कार्यालय प्रमुख तिलक सुन्दर कार्कीले बताउनु भयो । उहाँका अनुसार प्रदेश कार्यालयका साथै प्रदेश ५ का ६ स्थानमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्र अन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीका साथै महेश घिमिरे र प्रकाश पन्थीलाई सम्पर्क व्यक्ति तोकिएको छ । त्यस्तै भैरहवा एसपिओ कार्यालयका लागि राजनप्रसाद पोखरेल, सुरज पौडेल र वसन्त भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने बुटवल एसपिओका लागि दिपक आचार्य, सञ्जीव खड्का र तिलक खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ । ग्राहक सहायता केन्द्र अन्तर्गत नेपालगन्ज एसपिओ कार्यालयका लागि माधव बेलबासे, अशोक तिमिल्सेना र राकेश केसीलाई जिम्मेवारी दिइएको छ भने बुटवल देवीनगर एसपिओका लागि रामकृष्ण काफ्ले, विनोद पोखरेल र अर्जुन तिमिल्सेनालाई जिम्मेवारी दिइएको छ । त्यस्तै घोराही दाङ एसपिओका लागि दिपक अर्याल, विजय रक्साली, राजेन्द्र सिंह र सुरज श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको बैंकका प्रदेश कार्यालय प्रमुख कार्कीले बताउनु भयो । कपिलवस्तुका लागि कुनै समसया परेमा आफूलाई ग्राहकले सोझै आफूलाई सम्पर्क गर्न सक्ने सम्पर्क ब्यक्ति अर्जुन तिमिल्सेनाले मायादेवी अनलाइनमार्फत् जानकारी दिनुभयो । ग्राहकलाई कुनै बैङकिङ समस्या परेमा सम्पर्क गरे तुरुन्त आफूले आपत्कालिन सेवा दिने बताउनु भयो ।
लकडाउनको समयमा ग्राहकलाई पैसाको आवश्यक परेमा प्रदेश ५ अन्तर्गत खुला रहेका ६७ वटा एटीएमबाट सेवा लिनसक्ने गरी खुला गरिएको उहाँले जानकारी दिनु भयो । एनआईशी एशियाका बुटवलमा १४, भैरहवामा ५ र तिलोत्तमामा ८ वटा एटीएम रहेका छन् । लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल, तुलसीपुर, नेपालगन्ज, लिवाङ र रुकुमकोट शाखा खुला गरिएको बैंकका प्रदेश प्रमुख कार्कीले बताउनु भयो । कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै शाखाहरु सञ्चालनमा नल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाउनुका साथै परिपत्र मार्फत मोबाइल वालेटको माध्यमबाट गरिने बैंकिङ कारोबारको सीमा बढाएकाले ग्राहकहरुले डिजिटल बैंकिङबाट कारोबार गर्न सक्ने पनि कार्कीले बताए । मोवाइल बैंकिङबाट दैनिक १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न मिल्ने बनाइएकाले ग्राहकले यसको उपयोग गर्न सक्ने पनि उहाँले बताउनु भयो ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ८ : ५९ बजे