८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कृष्णनगरमा गरियो मास्क वितरण



अजय मिश्र, कृष्णनगर ।
नोबेल कोरोना भाइरसले विश्वभर महामारीको रूपलिएको छ । यो भाइरसको औषधि अझै पत्ता लाग्न सकेको छैन । यो भाइरसबाट बच्न भने विभिन्न उपाय अपनाउन सकिन्छ । त्यस मध्येको एक हो माक्सको प्रयोग ।
यसैको मध्यनजर गर्दै कृष्णनगरमा माक्स वितरणको अभियान चलाइएको छ । (नेकपा) कृष्णनगर कमिटी अध्यक्ष जावेद आलम खां र मदरसा बोर्ड प्रदेश नम्बर ५ का उपाध्यक्ष मौलाना मसहूद खाँ नेपालीको नेतृत्वमा यहाँ मास्क वितरण गरिएको हो ।
कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवा र वडा नं. ११ पटना गाउँमा माक्स वितरण गरिएको अध्यक्ष खाँले बताउनुभयो । साथै उक्त अवसरमा नेपाल सरकारको निर्देशन पालना गर्न आग्रह गरिएको थियो ।
माक्स वितरणमा हेरा एजुकेशनल एन्ड वेल्फेर सोसाइटीका उपाध्यक्ष शेख अरसद मक्की, शेख जैस मक्की, कृष्णनगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सगीर अहमद खान लगायतको सहयोग रहेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ८ : १८ बजे