८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

फागुन २१ गते मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्रीको अवस्था कस्तो होला ?



काठमाडौं । मुलुक लक डाउनमा छ । सबै घरघरमा बसेर कोरोनाविरुद्धको लडाइमा छन् । यतिबेला सबैलाई आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चिन्ता छ भने धेरैले प्रधानमन्त्री केपी शर्मा वलीको अवस्था कस्तो होला भनेर जिज्ञासा पनि पालिरहेका छन् । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गर्नुभएका वलीले अहिले बालुवाटारबाटै सरकार चलाइरहनु भएको छ । अहिले प्रधानमन्त्री ओलीले महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गर्नुभएको बुझिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यको फलोअप पनि बालुवाटारबाटै गरिरहेको सचिवालयले जानकारी दियो ।
“मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरूले बालुवाटारमै गएर नियमित फलोअप गरिरहेको बताइएको छ । प्रेस सल्लाहकार सूर्य थापाले बाह्य सङ्क्रमण नछिरोस् भनेर प्रधानमन्त्री निवासको २ नम्बर र ३ नम्बर गेटमा स्वास्थ्य जाँच भइरहको र सुरक्षाकर्मी निश्चिन्त भएपछि मात्रै भित्र पठाउने गरिएको बताउनु भयो । प्रधानमन्त्रीले आफ्नै सचिवालय सदस्यहरूसँग पनि भेटेका छैनन् । आवश्यकताअनुरूप फोनबाटै सबै काम गरिरहेको थापाको भनाइ छ । सल्लाहकार थापाले लकडाउन अवधिभर क्याबिनेट बैठक पनि नबस्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ६ : २६ बजे