८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

स्पेनमा कोरोनाका कारण मृतकको संख्या चार हजार ८९, इटलीमा घट्दै



एजेन्सी । स्पेनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ८९ पुगेको छ । विश्वमा इटालीपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या स्पेनमा धेरै पुगेको हो । स्पेनी स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत स्पेनमा ५६ हजार १८८ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ६५५ को मृत्यु भएको हो । यसअघि बुधबारअघिको २४ घण्टाको अवधिमा ७३८ जनाको मृत्यु भएको थियो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट चीनभर तीन हजार २९१ पुगेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकले जनाएको छ । मार्च १३ देखि स्पेनमा राष्ट्रिय आपतकाल र लकडाउन घोषणा गरिएको छ । स्पेनका उच्च स्वास्थ्य अधिकारीले मृत्यु हुनेको संख्या स्पेनमा अझै बढ्नसक्ने बताएका छन् ।

यसअघि १५ दिनका लागि लकडाउन घोषणा गरिएक पनि प्रधानमन्त्री पेड्रो सान्चेज्ले आइतबार राष्ट्रिय आपतकाल थप १४ दिन बढाउने बताएका थिए । स्पेनका उपप्रधानमन्त्री कारमेन काल्भोलाई पनि कोरोना पोजेटिभ पुष्टि गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको थियो । उनी हाल अस्पतालमा क्वारेन्टाइनमा राखिएको अवस्था सुधार हुँदै गएको बताइएको छ ।
स्पेनी स्वास्थ्य मन्त्री साल्भाडोर इलाले सरका चीनबाट ४६७ मिलियन डलर बराबरको मास्क, टेस्ट किट, ग्लभ्स र रेस्पाइरेटर खरिद गर्न सहमत भएको बताएका छन् ।
यता कोरोनाले ग्रस्त इटलीमा भने कोरोनाको प्रभाव कम हुँदै गएको छ । अघिल्ला दिनको तुलनामा पछिल्लो १ दिनमा कम देखिएको बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६ शुक्रबार ००:००  ६ : ११ बजे