अराज बेल्बासे, शीतगंगा
अर्घाखाँचीको शीतगंगा नगरपालिकाले कोरोना भाइरस आशंका भएका ब्यक्तिहरुलाई राख्न २५ शैयाको क्वारेनटाइन बनाएको छ । शीतगंगा ४ को ज्योती माविमा नगरपालिकाले २५ शैयाको क्वारेनटाइन बनाएको हो । शीतगंगा नगरपालिकाले भारत तथा अन्य मुलकबाट आएकालाई घर मै सुरक्षित रहन र अरुको सम्पर्कमा नआउन आदेश गरेको छ ।
यसको उल्लङ्घन गर्नेलाई अब क्वारेनटाइनमा ल्याएर राखिने नगर प्रमुख सूर्य प्रसाद अधिकारीले मायादेवीलाई जानकारी दिनु भयो । यस्तै अन्य वडास्तरमा समेत ५ देखि १० शैयाको क्वारेनटाइन निमार्ण गर्ने निणर्य भएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
शीततगंगा नगरपालिका भित्र सञ्चालनमा भएका एम्बुलेन्सहरुलाई चुस्त र दूरुस्त अबस्थामा राख्ने निर्णय भएको छ । एम्बुलेन्स आबश्यक पर्दा स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद पौडेल र दामोदर ढकाललाई सम्पर्क गर्न सबै नगरबासीमा नगरले अनुरोध गरेको छ ।
हाल बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुलाई अनिबार्य क्वारेन्टाइनमा बस्न निर्देशन दिने, बसे नबसेको अनुगमन गर्ने र नियम पालना नगरेको पाइएमा त्यस्ता ब्यक्तिलाई तत्काल नियन्त्रण गरी हाल सञ्चालनमा भएको क्वारेन्टाइनमा ल्याएर राख्ने निर्णय भएकोे छ ।
‘लकडाउन’को पूर्ण पालना गर्न नगरपालिकाले नगरबासीमा अनुरोध पनि गरेको छ । भारत तथा अन्य देशबाट आउनेहरुको अवस्था के छ ठाडामा रहेको नेपाली सेनाले समेत अनुगमन गर्ने बताइएको छ ।
१३ चैत्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया