मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले नगरभित्रका गरिब, विपन्न र मजदुर वर्गलाई राहतको कार्यक्रम ल्याउने बताउनुभएको छ । कोरोना भाइरसको जोखिम कम गर्न मुलक ‘लकडाउन’को अवस्थामा रहेको भन्दै उहाँले नगर भित्रका मजदुर वर्गलाई ख्याल गरी नगरले राहत उपलब्ध गराउने प्रवक्ता पौडेलले मायादेवीलाई बताउनुभयो ।
विहीबार नै नगरका सबै वडामा लगत संकलनका लागि सम्बन्धित वडा अध्यक्षलाई निर्देशन दिई सकेको उहाँले बताउनुभयो । अबका एक दुई दिन भित्र लगत संकलन गर्ने र के कस्तो राहत दिन सकिन्छ, छलफल गरेर उपलब्ध गराउने नगरले तयारी गरेको उहाँले बताउनुभयो ।
नगर भित्र रहेका मजदुर वर्ग यो बेला मर्कामा छन् । मजदुरी गरी साँझ विहान छाक टार्न बाध्य यो बर्ग मुलक ‘लकडाउन’मा परेपछि समस्यामा परेको छ । यो बेला स्थानीय सरकारले राहतको घोषणा गर्न थालेका छन ।
१३ चैत्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया