८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरोना भाइरसः शिवराजको क्वारेनटाइनमा ९ जनालाई राखियो



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको चन्द्रौटा स्थित शिवराज नगरपालिकाले बनाएको क्वारेनटाइनमा ९ जनालाई राखिएको छ । दुर्गा मंन्दिरको सभाहलमा बनाइएको क्वारेनटाइनमा कृष्णनगरको क्वारेनटाइनबाट आएका तीन जना र शिवगढीबाट आएका ६ जना गरी ९ जना राखिएको हो ।
क्वारेनटाइनमा राखिएका सबै जना भारतको बिभिन्न स्थानबाट आएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । सबैलाई नगरपालिकाले खाने, बस्ने देखि आवश्यकता अनुसार सबै ब्यबस्था गरेको उहाँले बताउनुभयो ।
उनीहरुलाई स्वास्थ्यकर्मीले २४ सै घन्टा प्रत्यक्ष निगरानी गर्ने र दैनिक परिक्षण गर्ने उहाँले बताउनुभयो । शिवराज नगरपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मी, नगरपालिकाका सम्पूर्ण टिम (कोभिड १९) लाई नियन्त्रण गर्न एक जुट भएर लागि परेको स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७६ बिहिबार ००:००  ७ : ११ बजे