गुलाम अलि, तौलिहवा ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको निषेधाज्ञा अर्थात ‘कर्फ्यू’ तोड्नेलाई कारबाहीको स्वरुप परिवर्तन गरेको छ । केन्द्र सरकारले मंगलबार देखि देशभर ‘लकडाउन’को घोषणा गरेपनि कपिलवस्तुमा त्यसको प्रभाव नपरेपछि ‘कर्फ्यू’ लगाइएको छ । ‘कर्फ्यू’ उल्लङ्घन गर्नेमाथि मंगलबार र बुधबार सवारीसाधन जफत गरी कारबाही चलाएको कपिलवस्तु प्रहरीले विहीबार भने ‘मुर्गा’ बनाएर कारबाही चलाएको छ ।
विहीबार दिउँसो तौलिहवाको भिक्षु चोकमा ‘कर्फ्यू’ उल्लङ्घन गरी साइकल चलाएर हिड्नेमाथि प्रहरीले कारबाही स्वरुप मुर्गा बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले भने मुर्गा बनाएको विषय आफुलाई थाहा नभएको बताउनुभयो । हिजोअस्तिको तुलनामा विहीबार निषेधाज्ञा उल्लङ्घन नभएको बताउँदै प्रहरी नायव उपरिक्षक मल्लले सबै कपिलवस्तुबासीको निषेधाज्ञामा पूर्ण सहयोग रहेको दाबी गर्नुभयो । ‘निषेधाज्ञा तोड्नेमाथि कारबाही परिवर्तन गर्नुभएछ नि भन्ने मायादेवीको प्रश्नमा उहाँले भन्नुभयो, मलाई यो विषयमा रिर्पोट आइसकेको छैन के कारबाही परिवर्तन भयो र ? मुर्गा बनाएको विषय जानकारी गराउँदा वित्तिकै उहाँले भन्नुभयो, ‘म यो विषयमा के रहेछ बुज्छु ।’
मंगलबार र बुधबार निषेधाज्ञा तोडेर हिड्ने माथि सामान्य कारबाही गरेर सम्झाई बुझाइ गरि पठाएको उहाँले बताउनुभयो ।
१३ चैत्र २०७६ बिहिबार ००:००
4
Shares
प्रतिक्रिया