८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पाकिस्तानमा तीन पत्रकारलाई कोरोना संक्रमणको पुष्टि



एजेन्सी ।
इस्लामाबाद-पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पाकिस्तानका न्‍यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९ को संक्रमण देखिएको त्यहाको डेली टाइम्स अनलाइनले जनाएको छ ।

तीनैजना पत्रकारको नाम भने खुलाइएको छैन । उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए ।

यता, टीभ च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, ‘हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौ । उनीहरुलाई पनि व्‍यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौ । हामी यसबारेमा पुरै तयारीका साथ लागेका छौ ।’

यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताएका छन् ।

यस्तै पाकिस्तान पत्रकार महासंघका अध्‍यक्ष सिद्धिकी अन्जरले भनेका छन्, ‘प्राय अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड नै समाचारहरु सम्प्रेषण गरिहरेका छन् । हामीले सरकारसँग उनीहरुको उपचारको जिम्‍वारी लिन आग्रह गरेका छौ ।’

उनले पत्रकारहरु काम गर्न सानो शहरमा जानु पर्ने र काम गरेबापतको तलब नपाउने गरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  १० : २४ बजे