८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरोना भाइरसः यशोधरा गाउँपालिकाको क्वारेनटाइनमा चार जना भर्ना



शम्भू माली, तौलिहवा ।
कोरोना भाईरसको संक्रमणबाट बचाउनका लागि यशोधरा गाँउपालिकाको अनुरुद्ध पब्लिक उच्च मा.बि. माकोे क्वारेन्टाईनमा चार जनालाई भर्ना गरिएको छ । ती व्यक्तिहरु चैत्र ५ गते भारतको मुम्बईबाट आएर यशोधरा गाउँपालिकाको वडा नं. ६ रत्नपुरमा बस्दै आएका थिए ।
चारै जनालाई रुघाखोकी भै पखला लागेपछि गाउँबासीलाई त्रास भएकाले गाउँले खबर गरेपछि तौलिहवामा ल्याई चेक जाँच गरेपछि यशोधरा गाँउपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु गाउँमा लुकिछिपी बस्दै आएकाले प्रहरीको निगरानीमा क्वारेन्टाइनमा राखिएको मर्यादपुर चौकीका इन्चार्ज हिमनाथ घिमिरेले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  ९ : १९ बजे