८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लकडाउनमा साइकल चलाउनेलाई प्रहरीले ‘मुर्गा’ बनायो



बुटवल ।
लकडाउनको उल्लंघन गर्दै साइकल चलाएको भन्दै प्रहरीले १२ जनालाई ‘मुर्गा’ बनाएर सजाय दिएको छ । भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् ।
प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले बताए ।
‘यही सडक भएर थुप्रै मोटरसाइकल र गाडी गुडे पनि प्रहरीले देखेन’ उनले अनलाइनखबरसँग भने, साइकलयात्रीहरुलाई भने अमानवीय व्यवहार गरियो ।’

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  २ : २७ बजे