८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

हरामी बोकोहराम ! संसार रोएको बेला ९२ सैनिकको ज्यान लियो



एजेन्सी ।
बोकोहरामको सशस्त्र समूहले सैन्य बलमाथि गरेको आक्रमणबाट चाडमा ९२ सैनिकको मृत्यु भएको छ ।

चाडका राष्ट्रपति इद्रिस डेबीले बोमामा भएको आक्रमणबाट सैनिकहरू मारिएको पुष्टि गरेका छन् । उक्त आक्रमण नाइजर र नाइजेरियाको सीमामा पर्ने लाक प्रान्तमा भएको थियो ।

बोमा प्रायद्वीपमा सैन्य बलमाथि कम्तीमा सात घन्टासम्म आक्रमण भएको थियो । आक्रमणमा २४ वटा सेनाका सवारीसाधन नष्ट भएका छन् । बोकोहरामको सशस्त्र समूह सेनाबाट चोरेका हतियार र गाडी लिएर त्यस क्षेत्रमा आएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

यति ठूलो संख्यामा सैनिकहरू मारिएको यो पहिलोपटक भएको राष्ट्रपति इद्रिसले बताएका छन् ।

मंगलबार नाइजेरियाका सेनाले उत्तर पूर्वी राज्य बोर्नोमा धेरै सैनिकहरु पनि मारिएको बताएका थिए । बोको हरामले सन् २००९ बाट सशस्त्र अभियान सुरु गरेको थियो । पश्चिम अफ्रिकामा लडाकु समूह बोको हराम र इस्लामिक स्टेट आइएस सक्रिय छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  १ : ४३ बजे