बिष्णु कुमार आले, अर्घाखाँची ।
कोरोना संक्रमणको आशंकामा प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएका अर्घाखाँचीका दुई जना बिरामी मध्ये एक जनालाई ज्वरो टाइफाईट भएको भन्दै अस्पतालले डिस्चार्ज गरेको छ ।
जिल्लाको शितगंगा २ सितापुरका ३५ बर्षीय युवकलाई मंगलबार राति कोरोना कोभिड–१९ संक्रमणको आशंकामा नमुना परिक्षणको लागि प्रादेशिक अस्पताल बुटवल पठाईएको थियो । प्रादेशिक अस्पताल बुटवलमा ती युवकको स्वास्थ्य परिक्षण गर्दा ज्वरो टाइफाईट भएको रिर्पोट आएपछि बिरामीलाई डिस्चार्ज गरि घरमा पठाईदिएको छ । तर ती युवक घरमा आएपनि अस्पतालको निगरानीमा राखिएको बुटवल प्रादेशिक अस्पतालका कोरोना बिरामी हेर्ने डाक्टर सुदर्शन थापाले टेलिफोनमा जानकारी दिए ।
साथै डाक्टर थापाले प्रदेशका विभिन्न जिल्लाबाट आएका ९ जना बिरामीहरूको नमुना परिक्षण गरिएकोमा ७ जना बिरामीको नमुना परिक्षण नेगेटिभ रहेको छ भने २ जना बिरामीको रिर्पोट आउन बाँकी रहेको जानकारी दिए ।
कोभिड–१९ संक्रमणको आशंकामा जिल्लाबाट प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको मालारानी खनहका बिरामीको लुम्बिनी अन्चल अस्पताल बुटवलमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पताल बुटवलबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा बिरामीको नमुना संकलन गरि पठाउन प्लेन नचलेपछी कठिन भएको डाक्टर थापाले बताए । बिरामीको नमुना परिक्षणका लागि दुबै जना शंकास्पद बिरामी केही दिन अघि भारतबाट फर्किएका थिए ।
कोरोनाको जोखिमलाई न्युनिकरण गर्न पुर्णरूपमा लकडाउनको पालना गर्नु पर्ने, प्रशस्त झोलिलो पौष्टिक खानेकुरा खाने,घरबाहिर नहिड्ने, भिडभाडमा नजाने, ब्यक्तिगत सरसफाईलाई ध्यानदिने, साबुन पानीले नियमित हात धुने, बढि घाममा बस्न चिकित्सकले सुझाव दिएका छन् ।
१२ चैत्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया