८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

राजपा नेपालका सांसदले केन्द्रीय कोषमा १५ दिन बराबरका तलब दिने



काठमाडौं ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा रकम जम्मा गर्ने प्रतिवद्धताहरु आइरहेका छन् । कतिपयले जम्मा पनि गरिसकेका छन् । त्यसैगरी, आज राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदका १५ दिन बराबरको तलब सो कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता केशव झाका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारद्वारा स्थापित केन्द्रीय कोषमा पार्टी सांसदका १५ दिन बराबरका तलब जम्मा गर्ने निर्णय गरेका छन् ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र काँग्रेस पार्टीका सांसदहरु पनि १५ दिन तलब कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  १ : २१ बजे