काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकः सुधार आएको छ।
बुधबार दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले बिहीबार बिहान कालो चिया पिएको रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
‘मैले चिकित्सकसँग कुराकानी गरेको थिएँ, प्रधानमन्त्रीले बिहान कालो चिया पिउनु भयो भन्नु भएको छ, ‘ उनले भने।
सोमबार अस्पताल भर्ना भएका ओलीलाई समिक्षा संग्रौलाले आफ्नो मिर्गौला प्रदान गरेकी थिइन् ।
प्रतिक्रिया