८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

होली पर्वलाई मर्यादित तरिकाले मनाउन कपिलवस्तु प्रशासनको आग्रह



मायादेवी अनलाइन, तौलिहवा ।
आउँदै गरेको फागु पूर्णीमामा पर्ने होली पर्वलाई सभ्य, व्यवस्थित र मर्यादित तरिकारले मनाउने स्थानीय प्रशासनले आग्रह गरेको छ । बुधबार साँझ जिल्ला प्रशासन कपिलवस्तुले एक सुचना प्रकाशित गरी होली मनाउने नाममा कसैको इच्चा विपरित रंग दल्ने, अमर्यादित, गैह्रकानुनी र उच्श्रृखल किसिमका गतिविधि नगर्न सबैलाई अनुरोध गरेको छ ।
यदि कसैले यी यस्ता गतिविधि गरे प्रचलित कानुन अनुसार कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
यही फाल्गुण २६ गते पहाड र फाल्गुण २७ गते तराईमा होली पर्व पर्व परेको छ । पहाडीया र मधेसी समुदायको मिश्रित बसोबास रहेको कपिलवस्तुमा दुई दिननै होली खेलिने गरिएको छ ।

Image may contain: text

प्रकाशित मिति : २२ फाल्गुन २०७६ बिहिबार ००:००  ८ : ३२ बजे