मायादेवी अनलाइन, महाराजगञ्ज ।
भारतीय सिमा क्षेत्र कपिलवस्तुको हर्दौनामा बर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । बुधबार एक समारोहबीच बिओपिको उद्घाटन सशस्त्र प्रहरी नायव महानिरिक्षक नारायणदत्त पौडेलले गर्नुभएको हो । जिल्लाको महाराजगंज नगरपालिका १० हर्दौना स्थित बिओपी स्थापना गर्दै प्रदेश ५ का बाहिनीपति समेत रहनुभएका पौडेलले सिमा क्षेत्रमा हुने आपराधिक गतिविधी नियन्त्रण हुने बताउनुभयो ।
नेपाल सरकारको सिमा क्षेत्रको सुरक्षा सुदृढिकरणका लागि बिओपी स्थापना गर्ने योजना अनुसार प्रदेश नं. ५ मा नयाँ बिओपी स्थापना भएको हो । नेपाल भर ११४ बिओपी स्थापना गर्ने र प्रदेश ५ मा ३३ रहेकोमा कपिलवस्तुमा ६ वटा स्थापना गरिएको बाहिनीपति नारायण दत्त पौडेलले जानकारी दिनुभयो । खुला सिमानामा समस्या र चुनौती दुवै रहेको उल्लेख गर्दै आफनो संगठनले सिमा सुरक्षालाई बलियो बनाउने बताउँदै नागरिकलाई खुशी बनाउने कुरामा बिओपीले विशेष भ्ूमिका खेल्ने पौडेलले स्पष्ट पार्नुभयो । उहाँले सिमाक्षेत्रमा गलत गर्नेले डर मान्नुपर्ने अन्यथा नागरिकले कुनै अप्ठ्यारो मान्नु नपर्ने समेत बताउनुभयो । बिओपी स्थापना पछि नागरिकलाई सही सूचना दिएर अपराध नियन्त्रणमा सघाउन समेत आग्रह गर्दै बाहिनीपति पौडेलले आपराधिक गतिविधी गर्ने व्यक्तिले डर मान्नु पर्ने बताउनुभयो ।
जिल्लाको कुल ९३ किलोमिटर सिमा क्षेत्रमा प्रत्येक १७ किमिको दुरीमा बिओपी स्थापना भएकाले नागरिकको सुरक्षामा अनुशासनमा रही आफनो जिम्मेवारी पुरा गर्दै शान्ति सुरक्षामा खटिन सुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले सिमा क्षेत्रमा हुने चोरी पैठारी, अपराध नियन्त्रण र सुरक्षाको लागि निरन्तर शसस्त्र प्रहरी बल कृयाशिल रहेको समेत बताउनुभयो ।
कार्यक्रम जिल्लाका शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले शान्ति सुरक्षा र प्रतिवद्धताको मर्म अनुसार नागरिकको सुरक्षामा खटिरहेको बताउदै द्धन्द्ध, विपद् र राजश्व जस्ता कार्यमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो । कार्यक्रममा नारायण दल गणका गणपति, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, वडा अध्यक्ष योगेन्द्र केसी, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो । सोही अवसरमा नेपाल भारतीय सिमा क्षेत्र १० गजा र पिलरहरुको समेत निरिक्षण गरेको थियो ।
२२ फाल्गुन २०७६ बिहिबार ००:००
20
Shares
प्रतिक्रिया