काठमाडौँ । मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट आइसीयू कम्प्लेक्समा सारिएको छ । ओलीलाई केहीबेरअघि अपरेशन थिएटरसँगैकौ आइसीयू कम्प्लेक्समा सारिएको हो ।यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने समीक्षा संग्रोलालाई पनि अपरेटिभ केयर युनिटको आइसीयुमा सारिएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे आधिकारिक जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलनको आयोजना हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सम्पन्न भएलगत्तै उनको स्वास्थ्यवस्थाबारे जानकारी लिन मन्त्री, सांसद लगायत विशिष्ट व्यक्तिहरु अस्पताल पुगेका छन् ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर रायर उद्योग राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् ।यस्तै प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु र सांसदहरु समेत अस्पताल पुगेका छन् । अस्पतालले प्रधानमन्त्री ओलीसँग भेट गर्न भने कसैलाई दिएको छैन ।
प्रतिक्रिया