८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लुम्बिनी विकास कोषका सदस्य ज्ञवालीद्धारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना



मायादेवी अनलाइन, कपिलवस्तु ।
लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । दोश्रो पटक मृर्गौलाको सफल प्रयारोपणपछि खुसी व्यक्त गर्दै उहाँले मुलुकका प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । एक वक्तव्य जारी गर्दै ज्ञवालीले विश्व शान्तिको मुहान लुम्बिनीबाट आफूले विशेष रुपमा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँ चाँडै नियमित काममा फर्कनेमा आशा समेत गर्नुभयो ।

oli in bed को छविको परिणाम

मुलुकमा दुईदुई पटक प्रधानमन्त्री बन्नु भएका ओलीको सफल मिर्गौला प्रत्यारोपणपछि म मात्र होइन देशबासी नै खुसी छन् उहाँले भन्नुभयो, ‘उहाँ चाँडै पुरा निको भएर नियमित राष्ट्रको सेवामा लाग्नु हुने छ ।’ उहाँले समस्त लुम्बिनी विकास कोष परिवारले उहाँले देशलाई दिनुभएको योगदानको उच्च मुल्यांकन गरेको पनि बताउनु भयो । मुलुकमा विकास र समृद्धिसंगै शान्ति, प्रेम र सहिष्णुताको जग बलियो बनाउन प्रधानमन्त्री ओलीले ठुलो भूमिका रहेको पनि ज्ञवालीले स्मरण गर्नुभयोे । ओलीको प्रत्यारोपण गरिएको नयाँ मृगौलाले पनि काम गर्न सुरु गरिसकेको छ भने उहाँको स्वास्थय अवस्था पनि राम्रो रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६ बिहिबार ००:००  ६ : ४९ बजे