मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा ४ जितपुरस्थित कपिलवस्तु सामुदायिक अस्पताललाई काठमाण्डौँ निवासी पौडेल परिवारले २ कट्ठा बढी जग्गा दान गर्नुभएको छ । पहिला बाणगंगा बसेर हाल स्थायी रुपमा काठमाण्डौँ वस्दै आउनु भएका जग्गाधनी रामचन्द्र पौडेल र गीतादेवी पौडेलले अस्पतालको लागि वाणगंगा-४ डुंगहवामा रहेको २ कट्ठा एकधुर जग्गा दान दिनु भएको हो ।
जग्गादाता पौडेलले बुधबार एक समारोहकाबीच अस्पतालका अध्यक्ष रामजी सेनलाई जग्गाधनी लालपूर्जा हस्तानतरण गर्नुभएको थियो । जग्गाधनी पौडेल परिवारको सम्मानको लागि अस्पतालमा बुधबार आयोजना भएको विशेष कार्यक्रममा पूर्जा हस्तान्तरण गर्दै जग्गाधनी रामचन्द्र पौडेलले समुदायका गरिब र निमुखा वर्गले सस्तो र सुलभदरमा स्वास्थ्य सेवा पाऊन् गरोस् भन्ने सोँचेर जग्गा दान गरेको बताउनु भयो । उहाँले आफूले प्रदान गरेको जग्गाको सही तरिकाले सदुपयोग हुनेमा विश्वास समेत ब्यक्त गर्नुभएको छ । जग्गाधनी रामचन्द्र पौडेल पत्नी गीतादेवी पौडेलले पनि अस्पत्तालले गरिब गुरुवालाई सरल तरिकाले सेवा दिनेमा आशा ब्यक्त गर्नुभयो ।
यसैबीच अस्पतालले जग्गादाता पौडेल परिवारलाई आज सम्मान गरेको छ ।
जग्गादान गरेर अस्पताललाई अतुलनिय योगदान दिएको भन्दै उहाँहरुलाई सम्मान पत्र, दोसल्ला र टिकाले सम्मान गरिएको थियो । पौडेल परिवार हाल अमेरिकामा बस्दै आउनु भएको छ । सम्मान कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष रामजी सेनले जग्गाको सही तरिकाले सदुपयोग हुनेमा ढुक्क हुन दातालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा अस्पतालका महासचिव पोम नारायण पौडेलले अस्पतालको वस्तुस्थिति र आगामी योजनाबारे जानकारी गराउँदै अस्पताललाई अझ व्यवस्थित बनाइने बताउनुभयो ।
अस्पतालका डा. प्रकाश श्रेष्ठले अस्पतालले दिने सेवाको बारेमा जानकारी गराउनुभएको थियो । अस्पतालका उपाध्यक्ष दुर्गा केसीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव चेतना अधिकारीले गर्नुभएको थियो ।
प्रतिक्रिया