८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुद्धको क्रिडास्थल तिलौराकोट घुम्न आए महानायक हमाल



मायादेवी अनलाइन, तौलिहवा ।
महानायक राजेश हमाल बुधबार बुद्धको क्रिडास्थल तिलौराकोट दरबार आएका छन् । बुटवल हुँदै उनी पहिलो पटक तिलौराकोट आएका हुन् । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले बुद्धको क्रिडास्थल तिलौराकोटको चाडो विकास गर्नुपर्नेमा जोड दिए ।
सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्ने र योजनाबद्ध ढंले बिकास गर्नुपर्ने उनले बताए । यहाँ आउदा आफूलाई निकै शान्ति मिलेको उनले सुनाए । करौडो आस्थाको केन्द्रमा पहिलो पटक पाइला टेक्न पाउदा मन गदगद भएको उनले बताए । उनले आफूले पनि यस स्थलको प्राचारप्रसार र प्रबद्र्धन गर्ने बताए ।
तिलौराकोटमा जारी उत्खनन र अन्वेषणको स्थलगत निरीक्षण समेत गरे। तिलौराकाटमा बिगत ६ वर्षदेखि उत्खनन र अनुसन्धान जारी छ । टोलीलाई उत्खननका उपलब्धी र अवस्था बारे जनकारी लिएका थिए । टोलीलाई लुम्बिनी विकास कोषका कर्मचारीहरुले जारी उत्खनन र अन्वेषणको उपलब्धी, प्राप्त प्रमाणहरु, ऐतिहासिक पृष्ठभूमि लगायतका विषयमा जानकारी गराएका थिए ।
तिलौराकोटमा गरिएको उत्खननबाट स्पष्ट देखिने घर, पर्खाल, दरबार, सुरक्षा पर्खाल लगायत प्राचीन वस्तु तथा संरचनाहरु भेटिएका छन् । तिलौराकोटलाई विश्व सम्पदा सूचिमा राख्नका प्रस्तावित गरिएकोमा महानायक हमालले खुसी व्यक्त गरेका थिए । तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राज प्रसाद हो । हमाल दिउँसो नै फर्किएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ६ : ५२ बजे