बुटवल ।
बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवम् पर्यटक महोत्सव शुरु भएको छ । बुधबारदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा पर्यटन महोत्सव शुरु भएको हो ।
महिला उद्यमी समिति केन्द्रीय अध्यक्ष शिवा उपाध्याय (अञ्जु) ले महिलाहरुको आयोजनामा मात्रै मेला सञ्चालन गर्नु आफैंमा ठूलो विषय भएको बताइन् । कार्यक्रममा बोल्दै प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ति शर्माले प्रदेश स्तरीय मेलामा स्थानीय स्रोतको प्रयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादित वस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने यस महोत्सवको उदेश्य रहेको उनले बताइन् । लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित कृषि तथा महिला उद्यमशीलताका वस्तु तथा सेवाहरुलाई प्रदर्शनीमा राखिएको छ ।
चैत २ गतेसम्म सञ्चालन हुने मेलामा करिब ३ सय स्टलहरु रहेका छन् । महोत्सवमा स्वदेशी वस्तुको प्रवद्र्धनका लागि विशेष प्राथमिकता दिइएको महोत्सवले स्थानीय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ । प्रादेशिक स्तरको सो महोत्सवको नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गरेका थिए ।
२१ फाल्गुन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया