८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दाङमा अनाबश्यक भेला नगर्न अनुरोध



तुलसीपुर ।
दाङमा अनाबश्यक मेला, भेला, सभा, सम्मेलन र महोत्सव नगर्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले कोरोना भाईरस भित्रिन सक्ने भन्दै सजगताका लागि उक्त अनुरोध गरेको हो ।
साथै दाङको तुलसीपुर उपमहानगरपालिकाले ठूलो संख्यामा मानिस जम्मा हुने खालका कार्यक्रम नगर्न नगरवासीलाई अनुरोध गरेको छ ।
साथै दाङको बबई गाउँपालिकाले पनि गाउँपालिका भित्रका सबैजनालाई ठूलो संख्यामा मान्छे जम्मा हुने गरि कार्यक्रम नगर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ६ : ३९ बजे