पाल्पा ।
पाल्पामा जीप दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । बुटवलदेखि गुल्मीको शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४२८ नम्बरको जीप तानसेन नगरपालिका १४ अर्गलीस्थित कुँडापानीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका १ का ५५ वर्षीया धनकली विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।
विकलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना परी घाइते हुनेमध्य ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सैनामैना नगरपालिका १ का २४ वर्षीय सुरेस विक, सोही ठाउँका २० वर्षीय रोशन विक, २१ वर्षीय सुवास विक, ४५ वर्षीया निना विक, गुल्मीको चन्द्रकोट गाउँपालिका ५ का ५० वर्षीय रामबहादुर थापाको अवस्था सामान्य रहेको छ ।
घाइते मध्ये गोरखाको भिमसेन नगरपालिका ८ का २७ वर्षीया मुना भट्ट, रुपन्देहीको देवदह नगरपालिका १० का ३८ वर्षीया मनमायाँ सुनार, बागलुङको गलकोट नरगपालिका ८ का ४० वर्षीय जोनु सुनार, बागलुङको बरेङ्ग नगरपालिका ५ का २४ वर्षीय रेशम सुनार, रुपन्देहीको सैनामैना नगरपालिका १ का ६५ वर्षीय पदमबहादुर सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको तानसेनस्थित लम्बिनी मेडिकल कलेज प्रभासाम उपचार भइरहेको छ । जीप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । जीप दिउँसो करिब एक बजे दुर्घटना भएको हो ।
२१ फाल्गुन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया