८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना त्रासः बुद्धभूमिमा बार्षिक परीक्षा फाल्गुण २८ देखि सञ्चालन गरिने



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले यही फाल्गुण २८ गतेदेखि नै बार्षिक परीक्षा सञ्चालन गर्ने भएको छ । बुधबार विहान बसेको नगर शिक्षा समितिको बैठकले केन्द्र सरकारको निर्देशन अनुरुप बार्षिक परीक्षाको मिति तय गरिएको हो । मंगलबार केन्द्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै देशभरका बार्षिक परीक्षा चैत्र ५ गतेभित्र सक्न निर्देशन जारी गरेको थियो । सोही निर्देशन अनुसार बुद्धभूमिले चैत्र २ गतेदेखि सञ्चालन गर्ने भनेको बार्षिक परीक्षा फाल्गुण २८ गते गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख लिल बहादुर रावतले जानकारी दिनुभयो ।
कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेकाले सरकारले ठुला भिडभाड, जमघट नगर्न चेतावनी जारी गरेको छ । विद्यालयको बार्षिक परीक्षा आ आफ्ना स्थानीय तहले फरक फरक समयमा सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था छ । यद्यपि कोरोना भाइरसका कारण बार्षिक रुपमा तय गरिएको बार्षिक परीक्षा मितिमा हेरफेर गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
असहज परिस्थिती सिर्जना भएकाले परीक्षा मितिमा हेरफेर गरिएको भन्दै नगर प्रमुख श्रेष्ठले यही अनुसार परीक्षाको तयार गर्न आग्रह गर्नुभएको छ ।
जिल्लाको वाणगंगा नगरपालिकाले पनि फाल्गुण २८ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ५ : ३१ बजे