काठमाडौं ।
नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा पहिलो जित निकालेको छ ।
बैंककमा बुधबार भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
टेर्डथाई क्रिकेट मैदानमा थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो । कम बलमा विपक्षीले दिएको लक्ष्य पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो ।
नेपालको जितमा ओपनर कुशल मल्लले अविजित रहदै ३६ रन बनाए । यस्तै पवन सर्राफले अविजित २७ रन जोडे । ओपनर पारस खड्का भने ९ रनमा आउट भए ।
थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो ।
थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । फिरियापोङ सुआनचुईले पनि अविजित १३ रन बनाए । यस्तै नाभिद पठानले ८ रन जोड्दा जिउल हकले ५ रन बनाए ।
नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १र१ रन बनाए ।
यस लक्ष्य टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षीबाट पाएको सर्वाधिक कम लक्ष्य हो ।
जितसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ ।
प्रतिक्रिया