मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाकाले आफ्नो बार्षिक परीक्षाको मितिलाई हेरफेर गरेको छ । कोराना भाइरसको सन्त्रासले बार्षिक परीक्षा चैत्र ५ गतेभित्रै सक्न केन्द्र सरकारले निर्देशन जारी गरे बमोजिम वाणगंगाले मितिलाई हेरफेर गरेको हो ।
यही फाल्गुण २८ गते बुधबार देखि कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका हेरफेर गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिमबहादुर जिसीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
बुधबार बसेको वाणगंगा नगरस्तरीय परीक्षा समितिको बैठकले फाल्गुण २८ गते विहान १०ः३० बजेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखा अधिकृत जिसीले बताउनुभयो । यसभन्दा अगाडी नगरको बार्षिक परीक्षा चैत्र ९ गतेदेखि दिउँसो १ः३० बजे सञ्चालन गर्ने मिति तय थियो ।
कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिरहदा नेपाल पनि यसको उच्च जोखिम युक्त देश बनेको छ । विश्व स्वास्थ्य संगठनले नै नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको हो । यसैको मध्यनजर गरी केन्द्रिय शिक्षा मन्त्रालयले यही चैत्र ५ गतेभित्र बार्षिक परीक्षा सकाउने गरी तयारी गर्ने मंगलबार मात्र देशभरका विद्यालयलाई निर्देशन जारी गरेको थियो ।
२१ फाल्गुन २०७६ बुधबार ००:००
2
Shares
प्रतिक्रिया