८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रधानमन्त्री ओलीको आज दोश्रो पटक मिर्गौला प्रत्यारोपण हुँदै, देशभरबाट स्वास्थ्यलाभको कामना



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदै छ । आज विहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।
त्यसको अघिल्लो उहाँको बाँकी चेकजाँच भइसकेको छ । ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ । प्रधानमन्त्री ओलीको आत्म विश्वास देखेर चिकित्सकहरु पनि चकित भएको प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीहरुसँग बताउनु भयो । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए । उनलाई नाताले भान्जीले मिर्गौला दिँदै छिन् । उहाँलाई पाँच सात दिनपछि डिस्चार्ज गरिने छ ।
उहाँको प्रत्यारोपण हुने भएपछि देशभरका नागरिकले स्वास्थ्य लाभको कामना गरेका छन् । बिभिन्न सामाजिक संजाल लगायत अन्य माध्यम प्रयोग गरी ओली फेरि स्वस्थ भएर फर्कि मुलुक निर्माणमा जुट्नेमा आशा गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ६ : १३ बजे