८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भलवाडमा वडा स्तरीय युवा क्लव गठन, अध्यक्षमा अर्याल



मायादेवी अनलाइन, भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–९ भलवाडमा वडा स्तरीय युवा क्लव गठन गरिएको छ । जिनुवा खोजिपुर सामुदायिक वनको हलमा वडा अध्यक्ष धुव्र बेल्वासेको अध्यक्षमा भएको एक भेलाले दुई जना सदस्य पछि थप गर्ने गरी चुरामणि अर्यालको नेतृत्वमा १५ सदस्यिय वडा स्तरीय भलवाड युवा क्लव गठन गरेको हो ।

जसको उपाध्यक्षमा रमेश के.शी., सचिवमा राजन अर्याल, कोषाध्यक्षमा अनिता कुँवर, सहसचिव माधना पौडेल रहनुभएको छ भने अन्य सदस्यहरुमा गोपाल सिँह बेल्वासे, नेत्र प्रसाद खनाल, लक्ष्मी दर्जी, नवराज गुरुङ, सुदर्शन थारु, मन्जु गिरी, विनोद पुन, दिनेश रायमाझी रहनु भएको छ ।

भलवाडका ९ वटा टोलमा रहेका क्लवहरुको समन्वयमा वडामा खेलकुद प्रयोगिता लगायत अन्य सामाजिक कार्यहरु गर्ने उद्देश्यले सवै टोल तथा क्लवहरुको प्रतिनिधित्व हुने गरी वडा स्तरीय युवा क्लव गठन गरिएको लिङ्कन सोसाईटी क्लव जिनुवाका अध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो ।
हाल भलवाडमा युनाइटेड युथक्लव पडरिया, गोल्डेन स्टार युवा क्लव भर्लावास, प्रयास सामाजिक युवा क्लव भर्तापुर, चन्द्र सूर्य युवा क्लव बर्दहवा, लिङ्कन सोसाईटी क्लव जिनुवा, साहारा युवा क्लव भलवाड, सिद्धार्थ गौतम बुद्ध युवा क्लव चौहवा, सुर्योदय युवा क्लव पश्चिम जिनुवा गरि ८ वटा क्लव रहेका छन् ।


साविकका ९ वटा वडालाई समेटेर हाल भलवाड एउटा मात्र वडा भएकाले यहाँ रहेका सम्पूर्ण क्लवलाई नेतृत्व गर्दै वडा स्तरीय क्लव गठन गरेर अगाडी बढ्दा नगरपालिकाबाट विनियोजित बजेटले वडामा राम्रो खेलकुद प्रतियोगिताका अन्य सामाजिक कार्य गर्न सहनहुने उदेश्यले युनाइटेड युथ क्लवको पहलमा सोमबार क्लव गठन गरिएको हो ।


वाणगंगा नगरपालिका वडा नम्बर–९ का अध्यक्ष वेल्वासेको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य नुमलाल थारु लगायत अन्य युवाहरुको उल्लेख्निय सहभागीता रहेको थियो । भेलाले आउँदै गरेको फागु पूर्णिमाको अवसरमा यही फागुन २५ गते देखि २७ गतेसम्म युनाइटेड युथ क्लव पडरियाको आयोजनामा वडा स्तरिय नक आउट भलिवल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष चुरामणि अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  १ : १६ बजे