मायादेवी अनलाइन, चारनम्बर ।
वाणगंगा नगरपालिका वडा नम्बर ५ ले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यलयले वडा भित्रका ८० जेष्ठ नागरिकलाई दोसल्ला र स्वास्थ्यब्रधक खाध्य पदार्थ च्वनप्रास वितरण गरेको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै वाणगंगाका मेयर मंगल प्रसाद थारुले नगरले जनस्वास्थ्यको कार्यलाई गुणस्तरीय बनाउने बताउनुभयो ।
जेष्ठ नागरिकले सम्मानपूर्वक बाच्न पाउनुपर्ने भन्दै नगरका सबै वडाले यस्ता कार्यक्रम संचालन गरेको बताउनुभयो । नागरिकको स्वास्थ्यमा नगरपालिका सचेत रहेको उहाको भनाई छ । कार्यक्रममा उपमेयर चक्र अर्याल, नेत्रज्योती संघ कपिलवस्तुका सभापति रमेश शर्माको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास समिती संयोजक भिष्मराज भुसालले वडा भित्र रहेका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान र उहाहरुको स्वास्थ्य जाच गरिएको बताउनुभयो । यसका साथै जेष्ठ नागरिकलाई पोषयुक्त खाद्यपद्धार्थ च्वनप्रास वितरण गरिएको बताउनुभयो । वडा नम्बर ५ का अध्यक्ष समेत रहनुभएका भुसालले वडाले २ चरण गरी जेष्ठ नागरिकलाई सम्मान गर्नेपनि उहाले बताउनुभयो ।
वडाले ५० जना जेष्ठ नागरिकलाई सम्मान र ८० जना जेष्ठ नागरिकलाई चवनप्रास वितरण गरेको हो । कार्यक्रम कोपवा स्वास्थ्य चौकीका कृष्ण घिमिरेको स्वागत र स्वास्थ्य शाखा कर्मचारी भक्तिराम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।
१९ फाल्गुन २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया