मायादेवी अनलाइन, चारनम्बर ।
वाणगंगा नगरपालिका वडा नम्बर ५ र ६ का करिव ४ सय जेष्ठ नागरिकको निशुल्क आखा परिक्षण गरिएको छ । वाणगंगा नगरपालिका नगर कार्यपालिकाको आयोजनामा उनीहरुको आँखा परिक्षण गरिएको हो ।
‘मर्यादित समाज दिब्य संस्कार, जेष्ठ नागरिकको सम्मानमा स्थानीय सरकार’ भन्ने मूलनाराका साथ नगरपालिकाले जेष्ठ नागरिकको निशुल्क आँखाको चेकजाँच गरेको हो । आँखा स्वास्थ्य शिविरको वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले आफ्नो आँखाको परिक्षण गर्दै शिविरको शुभारम्भ गर्नुभयो ।
शिविरमा ४ सय बढी जेष्ठ नागरिकले आँखा परिक्षण गरेका छन् । परिक्षण पश्चात औषधी र चस्माको आवश्यक परे नगरपालिकाले उपलब्ध गराउने छ । यस्तै जाचका क्रममा मोतियाबिन्दु देखिएमा नगरपालिकाले नै निशुल्क अप्रेशनको ब्यवस्था मिलाउने सामाजिक विकास समिती संयोजक भिष्मराज भुसालले बताउनुभयो । वडाभित्रका कोहि पनि जेष्ठ नागरिकलाई आर्थिक अभावकै कारण आँखाको समस्यामा नपरुन भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारु, उपमेयर चक्र अर्याल, नेत्रज्योती संघ कपिलवस्तुका सभापति रमेश शर्मा लगायतको उपस्थिती रहेको थियो । शिविरको उद्देश्यमाथि स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले प्रकास पार्नुभएको थियो । वाणगंगा नगरपालिकाको आयोजनामा भएको आँखा शिविरमा नेत्रज्योती संघ कपिलवस्तुको प्राविधिक सहयोग रहेको थियो ।
शिविरमा नेत्रज्योती संघ कपिलवस्तुका ७ चिकित्सकको टोलीले जेष्ठ नागरिकको आँखा जाच गरेको हो । कोपवा स्वास्थ्य चौकीमा भएको शिविरबाट त्यस क्षेत्रका २ सय बढी जेष्ठ नागरिक लाभान्वित भएका छन् ।
१९ फाल्गुन २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया