काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि सुदूरपश्चिमका पाँच जिल्ला भ्रमण गर्नुहुने भएको छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले केही बेरमा धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । उहाँले दिउँसो २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्नुहुनेछ ।
बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेषा पूजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।
भण्डारीले बिहीबार दिउँसो ३ बजे पाटनमा बनेको भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्नुहुनेछ । त्यसअघि उहाँले दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि विशेष पूजा गर्नुहुनेछ ।
आउँदो शुक्रबार १६ गते बिहान १० बजे डडेलधुरा रहेको उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा हुने शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी १७ गते काठमाण्डौ फर्किने कार्यक्रम छ । यसैबीच राष्ट्रपति भण्डारीको भ्रमण कार्यतालिका तय भएसँगै बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
१४ फाल्गुन २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया