८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चट्याङका कारण विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको मेशिनरी सामानमा क्षति



दाङ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको चट्याङका कारण मेसनरी सामान क्षति पुगेको छ । शनिबार दिउँसो कार्यालयमा चट्याङ पर्दा कम्युटर, टोकन मेशिन, प्रिन्टर, अनलाईन युपिएस, सर्भर र नेटवर्क गरी करिब ३–४ लाख बराबरहको क्षति पुगेको कार्यालयका प्रशासन प्रमुख तथा सूचना अधिकारी युवराज विष्टले बताउनुभयो ।
चट्याङले भने कुनै मानवीय क्षति नभएको उहाले बताउनुभयो । कार्यालयको महत्वपूर्ण सर्भर र कम्प्युटरमा क्षति भएपछि अहिले सेवा प्रभावित बनेको छ । शनिबार क्षति भएपछि आइतबार सामान्य मर्मत कार्यले गर्दा सेवा सुचारु भए पनि सोमबारदेखि विद्युत महशुल सेवापूर्ण रुपमा प्रभावित भएको छ । बिशेष गरी सर्भर र कम्प्युटरमा क्षति पुगेपछि अनलाइन र विलिङमार्फत विद्युत महशुलको सेवा ठप्प भएको प्रशासन प्रमुख विष्टले बताउनुभयो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६ मंगलबार ००:००  ५ : १५ बजे