८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बर्दियामा गोली चल्दा प्रहरी जवान घाइते, विप्लवका २ नेता पक्राऊ



बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका–४ ढोडरी स्थित कुमराघाटमा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतालाई पक्राउ गर्न गएको बेला आफैंले बोकेको गोली पड्किएर प्रहरी जवान गंगाराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीले विप्लव समूहका जिल्ला जनपरिषदका अध्यक्ष जय हादुर ठाडामगर र डीसीएम रोहित सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घम्साघम्सी गर्दा प्रहरी जवान चौधरीले बोकेको बन्दुक पड्किएको बास्तोला बताए। पक्राउ परेकाको साथबाट पर्चा तथा हतियार फेला पारेको उनले जानकारी दिए।

गोली चलेपछि प्रहरीले विप्लव समूहका जिल्ला जनपरिषदका अध्यक्ष जय हादुर ठाडामगर र डीसीएम रोहित सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। उनीहरुको साथबाट पर्चा तथा हतियार फेला पारेको उनले बताए।

गस्तीका क्रममा तिघ्रामा गोली लागेका चौधरीको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको एसपी बास्तोलाले जानकारी दिए।

प्रकाशित मिति : १५ माघ २०७६ बुधबार ००:००  ६ : ०४ बजे