दाङ ।
दाङका एक युवाको दुबईमा भवन निर्माणका क्रममा लडेर मृत्यु भएको छ । दाङको बबई गाउँपालिका ५ बबरपुर बस्ने ३५ वर्षीय सोमराज वलीको दुबईमा भवन निर्माणका क्रममा लडेर मृत्यु भएको स्थानीय प्रेम केसीले बताए ।
भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । करिब २ वर्ष पहिले रोजगारीको शिलशिलामा दुबई गएका वलीको यही माघ १२ गते मृत्यु भएको हो ।
१४ माघ २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया